१३ मंसिर, काठमाडौं । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपाललाई आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपालसित प्रस्ताव गरेकी छिन् ।
Shekh-Hasina-Wajedप्रधानमन्त्री हसिनाकी प्रेस सेक्रेटरी इन्सानुल करिमका अनुसार बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको विदाइ भेटमा उनले यस्तो प्रस्ताव गरेकी हुन् ।
ढाकास्थित प्रधानमन्त्री निवासमा भएको भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार रहेको बताएकी थिइन् ।
उनले संकटबाट नेपाल छिटो बाहिर निस्कने आशा समेत व्यक्त गरिन् ।


Post a Comment

 
Top