न्होमपेन्ह: कम्बोडियामा जारी रहेको तीन दिने पानी महोत्सवका क्रममा भएका दुर्घटनाहरुमा परी कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको छ ।

कम्बोडियामा बर्सेनि मनाइने सो परम्परागत पानी महोत्सवका क्रममा ती २५ को ज्यान गएको हो । पानी महोत्सवको क्रममा मङ्गलबारदेखि बिहीबारसम्म ५५ वटा सडक दुर्घटना भएको जनाइको छ ।


कम्बोडियामा हरेक वर्ष नोभेम्बर २४ देखि २६ सम्म तीन दिन नोम्पेन्हको नदीहरुमा डुङ्गा चलाउने, र्‍याफटिङ् गर्नेअगायतका विभिन्न पानीमा खेलिने प्रतिस्पर्धाहरु हुने गर्दछन् ।

गत वर्ष सोही उत्सवमा ३४ व्यक्तिको मृत्यु भएको थियो भने यस वर्ष २५ व्यक्तिको मृत्यु भएको जनाइएको छ । कम्बोडियाली राष्ट्रिय प्रहरीको वेभसाइटले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

सो दुर्घटनामा अन्य ७७ जना घाइते भएका बताइएको छ । गत वर्ष यस उत्सवको क्रममा ७२ वटा सडक दुर्घटना भएको पनि उक्त वेभसाइटमा जनाइएको छ ।

Post a Comment

 
Top