Sushil,-kp-And-Prachanda
Via:Online khabar

१२ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।
पार्टी बैठकका लागि राजनीतिक दस्ताबेज लेख्न व्यस्त रहेका प्रचण्ड शनिबार अपराहृन राजनीतिक भेटवार्तामा लागेका हुन् ।
प्रचण्डले कांग्रेस सभापति कोइरालालाई उनकै निवासमा पुगेर भेटेका छन् । लगतै प्रचण्ड बालुवाटार पुगेका छन् । ओली र प्रचण्डबीच अहिले भेटवार्ता भइरहेको छ ।  

Post a Comment

 
Top