कपिलवस्तु–कपिलवस्तु जिल्लाको पतरिया गाविस–५ का एक बयोबृद्धालाई मोर्चाका कार्यकर्ताले पेट्रोल छर्की जिउँदै आगो लगाएका छन् । शनिबार साँझ पतरीया चोकमा रहेका बर्ष ७० का बृज मोहन मुराउलाई मोर्चाका कार्यकर्ताले पेट्रोल छर्की आगो लगाएका हुन् । आगलागीबाट उनका दुई खुट्टा जलेका छन् ।aago lagyaka
पेट्रोल छर्केर आगो लगाएका मुराउलाई बचाउन स्थानीयवासी सक्रिय भएकोले उनी जल्नबाट बचेका हुन् । आगो लगाउँदा–लगाउँदै स्थानीयवासी नजिकै भएकोले मुराउको पुरै शरीर जल्नबाट बचेको छ । घाइते मुराउको अहिले स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय बुधराम पासीकाअनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका दानापुर निवासी प्रेम थारुले मोटरसाइकलमा ल्याउँदै गरेको करिब ३० लिटर डिजेल र ५ लिटर पेट्रोल मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई आगो लगाएका थिए ।
नियन्त्रमा लिइएको पेट्रोलमा आगो लगाउँदै गर्दा बयोबृद्ध बृज मोहन मुराउ सोही स्थानबाट घर फर्किदै थिए । सोही बेला मोर्चाका कार्यकर्ता तौलेश्वर लोनियाले बृद्धलाई समाति पेट्रोल छर्केर आगो लगाएका थिए । घटना घटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे लगत्तै घटनास्थल पुगेका प्रहरीले बृद्धा जलाउने मोर्चाका कार्यकर्ता नजिकै रहेपनि कुनै कारबाही गर्न सकेको छैन् ।
बृद्ध जलाउने मोर्चाका कार्यकर्तालाई प्रहरीले केहि नगरेको भन्दै स्थानीयवासी आक्रोसित बनेका छन् । एक हप्ताअघि सप्तरीमा प्रहरी र मोर्चाका कार्यकर्ता बिच भएको झडपमा ३ जनाको मृत्यु भएपछि मोर्चाले आफ्नो आन्दोलन अराजक बनाउँदै आएको छ । कपिलवस्तुमा पनि आन्दोलनलाई हिंसात्मक बनाएका मोर्चाका कार्यकर्ताले जिल्लाका विभिन्न स्थानमा सवारी साधनमाथि मान्छे जलाउने, सवारी साधनको आगजनी र तोडफोड गर्दै आएका छन् ।
मधेसी मोर्चाले मंसिर ५ गते राती जिल्लामा दुई जिपमा आगो लगाएका थिए भने ६ गते बिहान प्रशासन कार्यलय अगाडि नै जिल्ला स्वास्थ्य कार्यालयको मोटरसाइकल जलाएका थिए । मोर्चाका कार्यकर्ता पछिल्लो समय तस्करमा पनि सक्रिय भएका छन् । दिनभरी आन्दोलनको नाममा अराजक गतिबिधि गर्ने र रातभरी भारतमा गई पेट्रोल लिई कालोबजारी गर्नमा मोर्चाका कार्यकर्ता लागेको सुरक्षा स्रोतले जनाएको छ । करिब ३ महिनाभन्दा बढी भएको बन्दको फाइदा उठाउँदै पेट्रोल तस्करी गरी रातरात पैसा कमाउन माफियाहरु सक्रिय छन् ।
अहिले केहि नभएका हरु पनि यो बन्दपछि तस्करीबाट कति नयाँ मोटरसाइकल चडेका छन् भने कतिले त नयाँ घर पनि ठडाएका छन् । जिल्ला प्रशासन कार्यलयले भने गलत कार्य गर्नेप्रति कुनै कारबाही गरेको छैन् ।1 (1)
-  

Post a Comment

 
Top