पर्थ । भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीबिरुद्ध पश्चिम अष्ट्रेलियाबासी नेपालीहरुले शनिबार शान्तिपूर्ण बिरोध र्‍याली निकालेका छन् ।
गैरआवसिय नेपाली संघ (एनआरएन) पश्चिम अष्ट्रेलिया राज्य समान्वय समिति र नेपाली एशोशिएशन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) को संयुक्त आयोजनामा भएको बिरोध र्‍याली बिहान ११ बजे बाट शुरु भएको थियो ।
पर्थ शहरका बिभिन्न स्थानहरुको परिक्रमा गर्दै १ बजे समापन भएको थियो । शान्तिपूर्ण बिरोध र्‍याली उपस्थित सबैले भारतको नाकाबन्दीबिरुद्ध लेखिएका प्लेकार्ड तथा ब्यानरहरु प्रदर्शन गरेका थिए ।
‘आर्थिक नाकाबन्दी बन्द गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘नाकाबन्दी युद्ध भन्दा पनि अमानवीय छ’, ‘अन्तरराष्ट्रिय कानुनको सम्मान गर’ ‘ठुलो दाइको चरित्र बन्द गर’, ‘नेपाली सार्बभौमतालाई स्वीकार’ जस्ता लेखिएका ब्यानर तथा प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
nepali protrst against indian blockade at Parth (2)
बिरोध र्‍यालीको अन्त्यमा नाकाबन्दीकाबिरुद्ध हस्ताक्षर समेत सन्कलन गरिएको छ संकलित हस्ताक्षर पर्थस्थित ईण्डियन कन्सुलेटको अफिसमा बुझायने कार्यक्रम रहेको आयोजक नावा र एनआरएन पश्चिम अष्ट्रेलियाले बताएको छ
यस्तै बिरोध र्‍याली गएको हप्ता एन आरएनए अष्ट्रेलिया तथा अन्य बिभिन्न संघ सस्थाहरुको आयोजनामा अष्ट्रेलियाका अन्य पाँच राज्यमा भएको थियो भने विश्वका बिभिन्न देशमा पनि नाकाबन्दीको विरोधमा प्रर्दशन भइरहेको छ ।
अबको केही दिनमै दोश्रो चरणको कार्यक्रम अन्तर्गत अष्ट्रेलियाका सबै राज्यहरुमा हस्ताक्षर सन्क्लन गरी सम्बन्धित राज्यका ईण्डियन कन्सुलेट अफिस, भारतीय दूताबास, युएनओ, डब्ल्यूटीओ, अष्ट्रेलियन सरकार लगयतका निकायमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।
nepali protrst against indian blockade at Parth (1)nepali protrst against indian blockade at Parth (4)
nepali protrst against indian blockade at Parth (6)

Post a Comment

 
Top