Via:Taja khabar

 काठमाडौं । भारतद्वारा लामो समय देखि गरिएको नाकाबन्दी र मधेस आन्दोलनबाट उब्जिएका समस्यको समाधानका लागि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका छन् ।

प्रचण्डले शनिवार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई छुट्टाछुट्टै भेटी समस्या समाधानका विषयमा छलफल गरेका छन्।

दुवैसँको भेटमा उनले आगामी मङ्सिर १५ गते डाकिएको संसद्को बैठकअघि नै मधेसको समस्या समाधान गर्न आवश्यक कदम चाल्ने र नाकाबन्दीका बारेमा प्रमुख दलहरुबीच समान धारणा बनाउनेबारे छलफल गरेको प्रचण्डका सहयोगी चुडामणि खड्काले जानकारी दिए ।

susil kp n prachanda
File photo
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग साँझ भएको भेटमा प्रचण्डले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसवादी दल सम्मिलित त्रिपक्षीय बैठक तुरुन्त बोलाउन आग्रह गरेको उनले जानकारी दिए।

उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर सहमति खोज्न अब ढिलो गर्न नहुने भनाइ प्रधानमन्त्रीसँग राखेको बताइएको छ ।

भेटमा प्रधानमन्त्रीले त्रिपक्षीय बैठक तुरुन्त राख्ने जानकारी प्रचण्डलाई दिँदै आफू समस्या समाधानका लागि प्रयासरत रहेको जानकारी दिएका थिए ।

यसअघि प्रचण्डले सीमांकनलगायत सवै बिषयलाई प्याकेजमै समाधान खोज्न कांग्रेस सभापति सुशील कोइरालासमक्ष प्रस्ताव गरेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शुशिल कोइरालालाई उनको निवास महाराजगंजमा गएर भेटी सीमांकनलगायत सवै बिषयलाई प्याकेजमै समाधान खोज्न प्रस्ताव गरेका छन ।

उनले संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकले मात्रै समस्याको समाधान नहुने भन्दै त्यस्तो प्रस्ताव राखेका हुन् ।

प्रतिउत्तरमा कोइरालाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्तअनुसार प्रतिनिधित्व हुने व्यवस्थासम्वन्धी संविधान विधेयकलाई अघि बढाउन प्रचण्डसंग आग्रह गरेका थिए ।


Post a Comment

 
Top