ताजाखबर, ११ मंसिर- साउदी अरबमा एकै दिन ५५ जनाभन्दा बढीलाई मृत्युदण्ड दिने तयारी गरिएको छ । आतंकवादी गतिविधि र अपराधमा संलग्न भएको अभियोगमा उनीहरुलाई एकैदिन मृत्युदण्ड दिने तयारी भएको हो । साउदी सरकारले यो निर्णयको मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले भने आपत्ति जनाएको छ । मानवअधिकार हननमा साउदी अरब अगाडी रहेको भन्दै एम्नेष्टीले आंकवादको वहानामा यो निर्णय राजनीति प्रेरित भएको बताएको छ । मध्यपूर्वका लागि एमनेष्टी इन्टरनेशनलका उपाध्यक्ष जेम्स लेन्चले बालक अवस्थामा आपराधिक गतिविधीमा संलग्न रहेकाहरुलाई समेत मृत्युदण्ड दिइने गरेको आरोप लगाएका छन् । साउदी विश्वमै धेरै मृत्युदण्ड दिने देशको सूचीमा पर्छ । योबर्ष मात्रै त्यहाँ १ सय ५१ जनालाई मृत्युदण्ड दिइएको छ । -एजेन्सी -

Post a Comment

 
Top