काठमाण्डु, १३ मंसिर– भारतीय नाकाबन्दी र मधेस आन्दोलनको विरोधमा शुक्रबार काठमाण्डुमा भएको प्रदर्शनलाई भारतीय मिडियाले तोडमोड गरेर समाचार दिएका छन् ।
भारतको बीबीसी हिन्दीले काठमाण्डुमा इन्धन अवरोधको विरोधमा भएको प्रदर्शनपछि त्यसको विरोधमा मधेस तथा काठमाण्डुमै प्रदर्शन गरिएको समाचार दिएको छ ।
यहाँ थिचेर पढौँ आजका सबै समाचार

सो समाचारलाई मधेस आन्दोलनको पक्षमा करिब पाँच सय विद्यार्थी राजधानीमा भेला भएको र सरकार विरोधी प्रदर्शन गरेको बताएको छ । साथै वीरगंजमा सयौँ विद्यार्थी काठमाण्डुमा भएको प्रदर्शनको विरोधमा सडकमा उत्रिएको समाचारमा दिइएको छ ।
यहाँ थिचेर पढौँ आजका सबै समाचार

जबकी शुक्रबार भारतीय नाकाबन्दी र मधेस आन्दोलनको विरोधमा हजारौँ विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथ घेरेका कुरा समाचारमा उल्लेख गरिउको छैन । शुक्रबार उनीहरुले भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण आफूहरुको पढ्न पाउने अधिकार खोसिएको भन्दै ‘बाँच्न र पढ्न देऊ’ भन्ने नारा लगाएका थिए ।
नाकाबन्दीको विरोधमा २७ किलोमिटर लामो मानव साङ्लो बनाएर विधार्थीले घेरे चक्रपथ (फोटोफिचर) 
तर, भारतीय मिडिया बीबीसीले विद्यार्थीले सरकारको विरुद्ध र मधेस आन्दोलनको समर्थनमा आन्दोलन गरेको समाचार दिएको हो ।

Post a Comment

 
Top