मोरङ, १४ मङ्सिर-
नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ ।

सोमबार दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी छन् । त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति छ ।

बैठकमा दुबै देशका नापी विभागका प्रतिनिधिहरुको समेत सहभागी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र अतिक्रमण भएको दशगजा क्षेत्र खाली गराउने बारेमा छलफल भइरहेको छ ।

प्रजिअ कार्कीले दुई देशको सिमाना छुट्याउन निर्माण गरिएका सीमास्तम्भबारेमा पनि छलफल गरिने बताउनुभयो । “सिमानामा रहेका पिलरका बारेमा दुई देशका अधिकारीबीच छलफल हुनेछ,” प्रजिअ कार्कीले भन्नुभयो – “पुराना र जीर्ण भएका पिलरको मर्मतसम्भार र पुनःनिर्माणबारे एउटा टुङ्गोमा पुगिनेछ ।”

30 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top