
![]() |
भारतीय नकाबन्दी र त्यसबाट नेपाली जनताले भोग्नु परेको सकसमा केन्द्रित उक्त स्टाटसले निकै हंगामा मच्याएको छ । निकै राष्ट्रवादी उनको त्यो स्ट्याटसको धेरैले प्रशंसासमेत गरेका छन् । उनले स्ट्याटसमा निकै मार्मिक ढंगले नेपाली समाज पिछडिएको बारेमा पनि चिन्ता व्यक्त गरेका छन् । उनले तीन महिनासम्म ग्याँस र इन्धनको अभावमा पनि नेपालीहरु सन्तुष्ट भएर बसेको कुरालाई समेत स्ट्याटसमा उल्लेख गरेका छन् । ‘नेपाली समाज किन यति पिछडिरहेको छ ।
हामी अरुले हाम्रो धर्म खोसेर लैजादा पनि ठिक भनेर बसेका छौँ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’ हामीसँग तीन महिनासम्म ग्याँस नहुदा आगोमा पकाएर खादा पनि हामी सन्तुष्ट छौँ ।’ उनले आफुले आगोमा ध्यू थम्ने काम गरेको होइन भन्दै नेपाली समाजलाई बुझाउने कोशिस मात्र गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रियता बेच्नु नहुने आसय व्यक्त गरेका छन् ।
तराई–मधेस केन्द्रित दलहरु तराई–मधेसलाई अलग राज्य बनाउनु पर्ने मागसहित भारतीहरुको भात खाएर नेपालमा गुलेली हानिरहेका बेला पूर्वयुवराज पारसका यी भनाईलाई धेरैले राष्ट्रवादी भनेका छन् । नेपालको. राष्ट्रियतामाथि धावा बोलेको भन्दै केही वर्ष पहिला रुवेल चौधरीलाई चितवनमा गोली हान्न खोजेको भन्दै चर्चामा आएका पारसका यी भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । – तस्बिर: शाहको फेसबूकबाट

![]() |
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.