काठमाडौं, मंसिर १२ – विगत २ महिनादेखि भारतले नेपालमा लगाउँदै आएको नाकाबन्दीको विरोध विश्वभरबाट भइरहेका बेला यसको आगो क्यानडामा पनि सल्किएको छ । क्यानडामा बस्दै आएका नेपालीले
भारतले गरिरहेको नाकाबन्दीको बिरोधमा टोरन्टोमा विशाल प्रदर्शन गरेका छन् ।
canada pardashan nepali
जस्को आयोजना र संयोजन समेत गैरआवासीय नेपाली संघ एनआरएन क्यानडाले गरेको हो । प्रर्दशनमा उत्रेका प्रर्दशनकारीले क्यानडा स्थित भारतीय दूतको वाणिज्य कार्यालय अगाडी लामो समय धर्ना दिँदै हातहातमा प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।
उनीहरुले नेपालमा जारी बन्द गर, भूपरिवेष्टित देशको नेपालको पारवहन अधिकार सुनिश्चित गर, नेपाल सार्वभौम देश हो त्यसको सम्मान गर, व्याक अफ इन्डिया लगायत नारा लगाएका थिए ।

Post a Comment

 
Top