१५ मंसिर, काठमाडौं । शिक्षा मन्त्रालयले अनुमतिबेगर नेपालका विभिन्न स्थानमा सञ्चालित भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई) अन्तर्गतका विद्यालय खारेज गर्ने तयारी गरेको छ । कानुनी प्रक्रियामा आउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि यस्ता १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारी गरेको हो ।
CBSEमन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको स्वीकृति अनिवार्य रहेको नागरिकमा खबर छ । यसका लागि निश्चित प्रक्रिया पुर्‍याई अनुमित लिएर मात्र कक्षा सञ्चालन गर्नुपर्छ । तर, नेपालमा हाल सञ्चालित सिबिएसईका १४ विद्यालयले शिक्षा मन्त्रालयको अनुमति लिएका छैनन् ।
‘शिक्षा मन्त्रालयले ती विद्यालयलाई अनुमतिका लागि प्रक्रियामा आउन पटकपटक आह्वान गरे पनि उनीहरु अटेर गरे,’ सहप्रवक्ता पोखरेलले भने, ‘अब मन्त्रालयले गैरकानुनी रुपमा सञ्चालित त्यस्ता विदेशी विद्यालयको सम्बन्धन खारेजीसम्मको कारबाही अघि बढाएको छ ।’
30 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top