काठमाडौँ, १४ मंसिर- भारतद्धारा जारी राखेको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको माग सम्बोधन गर्ने बारेमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागी त्रिपक्षी बैठक आह्वान गर्नु भएको छ ।आज बिहान बस्नेगरी प्रधानमन्त्री ओलीले आन्दोलनरत मधेसीमोर्चा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षीय दलबीचको बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आज त्रिपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । आन्दोलनरत मधेसी दलको आह्वानमा एकसय तीन दिनदेखि भइरहेको आन्दोलनको निकास खोज्न प्रधानमन्त्रीले बैठक बोलाउनु भएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।

हिजो प्रधानमन्त्री ओलीसँगको भेटमा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिपक्षीय बैठक बोलाउन आग्रह गर्नु भएको थियो । अध्यक्ष दाहालले काँग्रेस सभापति सुशील कोइरालासंगको भेटमा पनि त्रिपक्षीय छलफल गरी समस्या समाधान गर्न प्रस्ताब राख्नुभएको थियो ।



Post a Comment

 
Top