ताजाखबर, १४ मंसिर- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले नेपाली कांग्रेसको बिरोध गर्दै जनकपुरमा प्रदर्शनमा उत्रेका छन् । नेपाली कांग्रेसले मधेस आन्दोलनको समर्थनमा झण्डासहित जुलुस निकाल्ने भएपछि मधेसमा आन्दोलनरत पक्षले बिरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले कांग्रेसले झण्डासहित प्रदर्शन गर्दा आफ्नो आन्दोलन ओझेलमा पर्ने भन्दै बिना झन्डा आन्दोलनका सहभागी हुन आह्वान गरेका छन् । तराइ मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले लामो समयदेखिको मधेश आन्दोलनमा मौन बसेका कांग्रेसीहरु आन्दोलनलाई बिथोल्न समर्थनको नाउँमा नाटक गरेको ले आफूहरुले बिरोध गरेको बताउनुभयो ।

Post a Comment

 
Top