सामाजिक अभियन्ता एवम् पूर्व सभासद शान्ता चौधरीले अहिले संबिधानको कारणले थारु समुदाय आन्दोलित हुनुपर्ने आवश्यकता नभएको बताएकी छन् ।  थारु समुदायको अधिकारको नाममा केही नेताहरुले आफ्नो स्वार्थका लागि आन्दोलन गरिरहेको उनको भनाई छ।  जनताका नाममा गरिएका आन्दोलन र नाकाबन्दीले जनतालाई नै समस्या परेकोमा गम्भीर बन्न उनले आन्दोलनरत दलहरुलाई आग्रह समेत गरेकी छन् । यो राष्ट्रिय संकटको समाधानमा सरकारलार्इ सहयोग गर्न सकारात्मक अभियान नामक अभियान शुरु गर्दै जनतालाई सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा जुट्न अपिल समेत गरेकी छन् ।

Post a Comment

 
Top