अमेरिका-युरोपजस्ता विश्व शक्तिलाईसमेत तर्साउन सफल आईएसएस लडाकुहरु यी महिलासँग डराउँछन् भन्दा अचम्म लाग्यो होला ! तर विश्वास गर्नुस् खबर सत्य हो । आत्मघाती बम विस्फोट गराएर आफैँलाई उडाउनसमेत कत्तिपनि नहिच्किचाउने आईएसका लडाकुहरु यी महिलासँग किन डराउँछन् त ? कारण निकै रोचक छ ।
मुस्लिम राष्ट्रहरुलाई ‘इस्लामिक स्टेट’ बनाउने अभियानमा रहेको आईएसआईएस उसको धर्मप्रति निकै सजग छ । यदि महिलाको हातबाट मर्नुपर्‍यो भने स्वर्ग जान पाईँदैन भन्ने भ्रम यिनीहरुमा छ । कुर्दिस महिला युनिटकी एक कमाण्डरले सीएनएनलाई दिएको अन्तर्वार्तामा यस्तो खुलासा गरेकी हुन् ।

२१ वर्षिय कुर्दिश महिला कमाण्डर तेहलदानले भनिन्, ‘हाम्रो नाम सुन्दापनि उनीहरु डराउँछन् । कुनै महिलाको हातबाट मर्नुपर्‍यो भने नर्कमा बास हुन्छ, भन्ने भ्रम उनीहरुमा छ ।’

कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट (वायपीजी)को महिला सुरक्षा युनिट (वायपीजे) पनि छ । जसले इराक र सिरियाका आईएस प्रभावित इलाकामा आईएसआईएसविरुद्ध लडाईं गरिरहेको छ ।

उत्तर-पूर्वी सीरियाको अल-होल सहरमा तैनाथ तेहलदानले अघि भनिन्, ‘आईएस लडाकुहरु एकदमै कायर छन् । उनीहरु इस्लामको लागि युद्ध गरिरहेको सोच्छन् ।’ इस्लामका लागि आफ्नै ज्यानको आहुति दिँदा स्वर्ग जान पाईन्छ भन्ने शिक्षा उनीहरुलाई दिईन्छ । तर, महिलाको हातबाट बच्नु नि भन्ने स्कूलिङ उनीहरुमा छ ।
के हो कुर्दिस फाइटर्स युनिट

वायपीजी अर्थात कुर्दिश पिपुल्स प्रोटेक्सन युनिटमा ५० हजारभन्दा बढी लडाकु छन् । जसमा २० प्रतिशत हिंस्सा महिलाको छ । युनिटका प्राय लडाकु कुर्द नागरिक नै हुन् । यिनीहरुले इराक र सिरियामा आईएसविरोधी युद्धमा ठूलो भूमिका निभाईरहेका छन् ।

गतवर्ष आईएसले इराकको सिंजारमा आफ्नो कब्जा जमाएको थियो । यहाँ सयौंको हत्या भयो । हजारौंको संख्यामा यजिदीहरुलाई बन्धक बनाईयो । यसपछि याजिदीहरु पनि सिंजारलाई स्वतन्त्र बनाउनका लागि कुर्दिस फाईटर्स युनिटमा सामेल भए । आफ्नो भूमीको रक्षाकालागि पुरुषमात्रै नभएर महिलाहरु पनि युद्धभूमीमा ओर्लिए ।

यसरी युद्धमा सामेल लडाकुमध्ये अधिकांश १८ देखि २५ वर्षका छन् । यसमध्ये अधिकांश विवाहित छन् र फरक-फरक इलाकाबाट आएका हुन् । सबैले कुर्दिस भाषा पनि बोल्छन् । कम्युनिष्टहरुले जस्तै यिनीहरुले पनि एकअर्कालाई कामरेड भनेर सम्बोधन गर्छन् । ‘उनीहरुको भाषामा यसको अर्थ हुन्छ, ‘जस्तोसुकै चुनौतीलाई पनि मिलेर सामना गर्ने साथी ।’


Post a Comment

 
Top