ताजाखबर, २५ मंसिर- नेकपा एमालेका २२ जना नेता तथा कार्यकर्ताले आज पार्टी परित्याग गरी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ती अभियानमा गएका छन् । केन्द्रीयस्तरदेखि कैलाली जिल्लामा पार्टीको जीम्मेवारी सम्हाल्दै आएका २२ जना नेता–कार्यकर्ताले बाबुराम भटराई नेतृत्वको नयाँशक्ति निर्माण अभियानमा प्रवेश गरेका हुन् । अहिलेको अवस्थामा सरकारको नेतृत्व गरिरहेको एमाले सरकार संचालन देखि पार्टी हितको काम गर्न नसकेको भन्दै कैलाली जिल्ला कमिटी सदस्य सहित जनवर्गिय संगनका प्रमुखहरुले पार्टि परित्याग गरेका हुन् । आज कैलालीमा पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटी सदस्य खड्ग साउद, नेपाल विश्व सहयोग संघ अन्तराष्ट्रिय समन्य परिषदका पुर्व उपाध्यक्ष राजेन्द्र देवकोटा, जिल्ला कमिटी पुर्व सदस्यद्धय भावना गिरी र अविलाल देवकोटा लगायत २२ जनाले पार्टि परित्यागको घोषणा गरेका छन् । देशमा विद्यामान समस्यालाई समाधान गर्न पुराना दलहरु असफल भईसकेकोले नया शक्तिमा लाग्नुको विकल्प नभएको पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपाध्यक्ष देवकोटाले बताउनुभयो । यता एमालेले भने आफ्ना नेताहरुले पार्टी परीत्याग गरेको बिषयमा कुनै जानकारी नआएको जनाएको छ । 

Post a Comment

 
Top