Via:annapurnapost

काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसका नेता करण सिंहले नेपालमा गरिएको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका छन् ।

सोमबार भारतीय माथिल्लो सदन राज्यसभामा नेपालबारे बहसमा सहभागी हुँदै नेता सिंहले तीन महिनायता सीमामा जारी अवरोधले नेपालमा गम्भीर मानवीय संकट आइसकेको उल्लेख गरे ।

‘नेपालमा राजनीतिक मात्र होइन गम्भीर मानवीय संकट आइसकेको छ ।साना बालबालिकादेखि वृद्धवृद्धा संकटमा छन् । यो संकटबाट पार पाउन कुनै न कुनै विकल्प खोजियोस’, सिंहले भने, ‘नेपाल मामिलामा भारतबाट कुनै पनि हस्तक्षेप नहोस ।’

नेता सिंहले नेपालका ५० हजार बढी युवा भारतीय सैनिकमा कार्यरत रहेको जनाउँदै उनीहरुका नेपालमा रहेका परिवारलाई भारतले कुनै पनि अवस्थामा संकटमा पार्न नहुने उल्लेख गरे ।

‘भारतीय भूमिको रक्षार्थ हजारौं नेपाली हाम्रो गोरखा राइफलमा कार्यरत छन्’, सिंहले भने, ‘भारतीय फौजनमा पेन्सन पकाएका र उनीहरुका लाखौं परिवारलाई संकटमा पार्ने यो समस्याको तत्काल निकास खोजियोस् ।’

Post a Comment

 
Top