कन्चनपुर, मंसिर २६ । अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कन्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा. कमलकिशोर राज पक्राउ परेका छन् ।

शनिबार बिहान भीमदत्तनगरको गल्ली नम्बर २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकाकी महिलालाई हस्पिटलका सन्चालकसमेत रहेका डा. राजले दाँतको जाँचका क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ ।

अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको छ । रासस

Post a Comment

 
Top