ताजाखबर, १९ मंसिर- खानपान र व्यायाममा ख्याल गरिएन भने मुटुरोग जो कोहीलाई पनि लाग्न सक्छ । बढी तथा कम परिश्रम, अव्यवस्थित खानपान, धूमपान तथा मद्यपान लगायतका कारण मुटुमा समस्या आउन सक्छ । मुटुलाई स्वस्थ राख्नका लागि हरेक रात कम्तिमा सात घन्टा सुत्नु जरुरी छ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ । यस्तै, उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०/८० देखि १३०/८५ को रक्तचापलाई उच्च मानिँदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो । अरूले खाएको चुरोटको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । साथै व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ । अर्को कुरा हप्ताका एक दिन माछा खाने गरौं । माछामा पाइने ‘ओमेगा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ । गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । नियमित रुपमा दाँत माझ्ने र दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ । यस्तै, मुटु स्वस्थ राख्नका लागि बढी मानसिक तनाव पनि लिने गर्नु हुँदैन । तनावले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
...............................................................................................................................................................

Stroke is a blood clot or bleed in the brain which can leave lasting damage, affecting mobility, cognition, sight or communication.  A Stroke is a medical emergency and can cause permanent neurological damage, complications and sometimes death.
It is the second major cause of death worldwide and may soon become the leading cause of death. Risk factors for stroke include high blood pressure, previous stroke or transient ischemic attack (TIA), diabetes, high cholesterol, cigarette smoking and atrial fibrillation.  High blood pressure is the most important modifiable risk factor of stroke.

Today, there are over 900,000 people living in England who have had a stroke. Stroke is the largest cause of disability and 300,000 people in England are living with moderate to severe disability as a result of stroke.

Today, there are over 5,000 people living across Wigan and Leigh who have had a Stroke.  Strokes are the largest cause of disability and approximately 1,750 people in Wigan and Leigh are living with moderate to severe disability as a result of stroke. 

Post a Comment

 
Top