उपसभामुखदेखि सुरेन्द्र पाण्डेकाठमाडौं, मंसिर २५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले भारतमा फागुन २५ देखि हुने ट्वेन्टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।

तालिकाअनुसार कुल ५८ मध्ये पुरुषतर्फ ३५ र महिलातर्फ २३ खेल हुने छन् ।

प्रतियोगितामा सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरी ‘राउन्ड रोबिन लिग’का आधारमा खेलाइने आइसीसीले जनाएको छ । समूह विजेता दुई टिमले फाइनल चरणमा खेल्नेछन् ।

बंगलादेश, नेदरल्यान्ड्स, आयरल्यान्ड र ओमान समूह ‘ए’मा परेका छन् । यस्तै, समूह ‘बी’मा जिम्बावे, स्कटल्यान्ड, हङकङ र अफगानिस्तान छन् ।

उद्घाटन खेलमा जिम्बावे र हङकङ तथा स्कटल्यान्ड र अफगानिस्तान भिड्ने छन् ।

समूह विजेताले दोस्रो चरणमा टेस्ट मान्यता प्राप्त शीर्ष १० टोलीसँग खेल्ने छन् ।  दूतावास, क–कसले खाए दिवाभोज ?

Post a Comment

 
Top