चेन्नई, भारत – हालै छिमेकी राष्ट्र भारतको दक्षिण क्षेत्र चेन्नईमा आएको विनाशपूर्ण बाढी पहिरोका कारण विस्थापित भएका जनतालाई उद्धार तथा राहतमा नेपालबाट एक टोली सो स्थानमा कार्य प्रारम्भ गरेको छ । भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु सो स्थानमा पुगेका हुन् । टोलीको नेतृत्व नेपाल च्याप्टरका प्रोडक्सन निर्देशक गुणराज प्याकुरेलले गरेका छन् । प्याकुरेल नेपाल स्काउटका नेशनल काउन्सिल सदस्य समेत हुन् । स्वयंसेवक टोलीमा प्याकुरेलसागै ऋषि गौतम, राम श्रेष्ठ, दावा शेर्पा, सुरज डंगोल, एब्रन तामाङ वाइबा र दिनेश तामाङ छन् । हुम्यान राइट्स साइथ इण्डिया च्याप्टरको सहकार्यमा स्वयंसेवक टिम बाढी प्रभावित विभिन्न क्षेत्रहरुमा गएर खाद्यान्न तथा लत्ताकपडा वितरण गरी रहेको चेन्नईमा रहेका प्याकुरेलले जानकारी गराए । -

Post a Comment

 
Top