योगा दिनप्रतिदिन संसारभर लोकप्रिय बन्दै गएको छ । विश्वभर योगको लहर चलिरहेको बेला अष्ट्रेलियाको पर्थमा भने अचम्मलाग्दो योगा क्लव खुलेको छ । उक्त योगा क्लवमा आउने हरेक सदस्यले निर्वस्त्र भएर योगा गर्छन् ।

योगा क्लवको संचालन अष्ट्रेलियाली नागरिक ३७ वर्षय मेलिसा होवार्डले गरेकी हुन् । डेली मेलका अनुसार मेलिसा होवार्डले यस्ता क्लव देशको अन्य शहरमा पनि विस्तार गर्ने तयारी भैरहेको बताएकी छन् । महिलाहरुलाई आफ्नो

डेली मेलका अनुसार योगा क्लवकी सञ्चालिका मेलिसा होवार्डले अव यस्ता योगा क्लव चलाउनका लागि शहरहरु विस्तारै तयार भैरहेको बताइन् ।
यो योगा क्लवमा महिलाहरु निर्वस्त्र भएर योगा सिक्छन् । महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गराउन र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डले बताइन् ।

सबै उमेर र समूहका महिलालाई यो क्लवले योगा शिक्षा दिन्छ । तर २२ वर्ष उमेर देखि ५० वर्ष सम्मका महिलाहरुको बाहुल्यता हुन्छ ।

Post a Comment

 
Top