पाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि रिचार्ज गर्ने नयाँ सजिलो तरिका ‘एमपीओएस प्रविधि (MPOS)’ छ। यस तरिकाबाट नेपाल टेलिकमका जीएसएम प्रीपेड, पोस्टपेड तथा एडीएसएल (ADSL) र ल्याण्डलाइन (Landline) को बील भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ। 
 
यस प्रविधिबाट महसुल भुक्तानी गर्दा थप सहज हुने पनि कम्पनीका भनाइ छ। 
 
एमपीओएस (MPOS) प्रविधि के हो?
यो एक पीन लेस सिस्टम (Pin Less System) हो जसबाट नेपाल टेलिकमका सेवाहरुको महसुल भुक्तानी गर्न सकिन्छ। यस प्रणलीमा ग्राहकहरुले क्यास कार्ड (cash card) खरिद नगरी टेलिकमबाट नियुक्त रिटेलरहरुबाट सिधै मोबाइलमा टप अप (Top Up) रिचार्ज गर्न सकिन्छ। यसरी टप अप (Top Up) रिचार्ज गर्दा भ्यालीडिटी पिरीयड (Validity Period) पनि बढ्छ। 
 
एमपीओएस (MPOS) बाट कसरी रिचाज गर्न वा बील भुक्तानी गर्न सकिन्छ?
यस प्रविधि मार्फत् नेपाल टेलिकमको सेवाहरु रिचार्ज तथा भुक्तानी गर्न नजिकको एमपीओएस सेवा उपलब्ध गराउने विक्रेताहरुलाई भुक्तानी वा रिचार्ज गर्नुपर्ने नम्बर उपलब्ध गराइ आफुले चाहेको रकम रिचार्ज गर्न सकिन्छ।  विक्रेताले सोझै आफुले भुक्तानी गर्न चाहेको नम्बरमा रिचार्ज गरिदिने हुनाले रिचार्ज कार्ड किन्न पर्दैन। 
 
कति रकमको रिचार्ज गर्न सकिन्छ?
यसबाट जीएसएम प्रीपेडमा न्यूनतम १० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म, जीएसएम पोस्टपेड र ल्याण्डलाइनमा एक सयदेखि ५ हजार रुपैयाँसम्म र एडीएसएलमा ५ सयदेखि ५ हजार रुपैयाँसम्म रिचार्ज गर्न सकिन्छ। त्यस्तै जीएसएम प्रीपेडमा रिचार्ज रकम अनुसार नै भ्यालीडिटी अवधि थप हुन्छ।
 
यसरी रिचार्ज गर्ने रिटेलर प्वाइन्टहरु हाल उपत्यकामा १० वटा र देशभर विभिन्न स्थानमा गरी १२ वटा छन्।

Post a Comment

 
Top