१७ मंसिर, नेपालगञ्ज । बाँकेको सीमासँग जोडिएको भारतीय बजार रुपैडिहामा भारतीय नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । पुत्ला दहनसँगै उनीहरुले शुक्रबार र शनिबार रुपैडिहा बजार बन्द गर्ने घोषणा गरेका छन् ।
KP Oli, Drinking Waterबुधबार नेपाल प्रहरीले नेपालमा रहेका भारतीयमाथि कुटपिट र दुर्वयवहार गरेको भन्दै भारतीय नागरिकहरुले ओलीविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन् ।
बुधबार नेपाल-भारत सीमाको जमुनाहा नाकामा झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । बुधबार तनाव भएपछि बिहीबार पनि जमुनाहा नाका बन्द गरिएको छ ।
सीमाक्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।


Post a Comment

 
Top