काठमाडौं, मंसिर २५ । भूकम्पपछिको पुनर्निर्माणको अवलोकनका लागि एमाओवादी नेताहरुका छोराछोरीलाई चीन पठाउने निर्णयले एमाओवादीमा भूईँचालो गएको छ । पार्टी अध्यक्ष प्रचण्डकै नातिनीहरु समेत संलग्न भएपछि यो विषयले ठूलो चर्चा पाएको हो ।
समाचारमा आफ्नो नाम समेत जोडिएपछि प्रचण्डले के आधारमा यस्तो निर्णय गरियो भन्दै गृहमन्त्री शक्ति बस्नेतलाई सोधेको प्रचण्ड सचिवालयले जनाएको छ । “यस्तो निर्णय कसले ग¥यो, कम्तीमा एकपटक सल्लाह त गर्नुपर्छ ।” प्रचण्डले बस्नेतलाई भनेको सचिवालयले जनायो । प्रचण्डले तत्काल निर्णय सच्याउन समेत गृहमन्त्रीलाई भनेका छन् ।
भूकम्पछि पुनर्निमार्ण भएको सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकनका लागि गृहमन्त्री बस्नतेल एमाओवादी नेताकै छोराछोरीको नाम प्रस्ताव गरेपछि यसले ठूलो रुप लिएको हो । भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र ववितासमेत छन्।
शुक्रबार बिहान कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि एमाओवादी निकटका अनलाईन तथा अन्य अनलाईनहरुमा तथा समाचारमाध्यमले यो समाचारलाई निकै महत्वका साथ प्रचार गरेका थिए । “भूकम्पपीडतको कोटामा प्रचण्डका नातीनीहरु” भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि लाजिम्पाटमा ठूलो तनाव भएको सचिवालयले बतायो ।
समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत प्रचण्डमाथि आलोचनाको ओइरो लागेपछि प्रचण्डले गृहमन्त्री बस्नतेलाई शुक्रबार बिहान लाजिम्पाट बोलाएका थिए ।
“प्रचण्डले समाचारमा उल्लेख भएका विषयमा के कसो भएको भनेर सोधे । गृहमन्त्रीले केही नामहरु नेताका आफन्तको परेपनि भूकम्पपीडित क्षेत्रका समेत रहेका बताए” प्रचण्ड सचिवालयले भन्यो । प्रचण्डले दुश्मनहरु त्यसैपनि बदनाम गर्न बहाना खोजिरहेको बेला यस्तो निर्णयले गर्दा के असर पर्ला भनेर सोच्नुपर्दैन ? भनेर गृहमन्त्रीलाई सोधेको सचिवालयले जनायो ।
गृहमन्त्रालय श्रोतका अनुसार चीन भ्रमणको सूचिमा कसलाई राख्ने नराख्ने भन्ने योजना गहृमन्त्री बस्नेतकी पत्नी तथा एमाओवादी नेतृ सत्या पहाडीले बनाएकी थिइन । पहाडीले आफ्ना दुबै छोरीको नामका साथै प्रचण्डका नातिनीहरुको नाम समेत प्रस्ताव गरिन । त्यसैगरी उनले अन्य जिल्लाका आफ्ना निकट व्यक्तिहरुका परिवारका १५ वर्षदेखि ३० वर्षका युवाहरुको नाम समेत प्रस्ताव गरेर मन्त्री बस्नेतलाई दिएको थाहा पाएको छ । सामाजिक सञ्जालमा भने यो विषयमा निकै ठूलो आलोचना भइरहेको छ ।
प्रचण्डले यो समग्र निर्णयले पार्टीको बदनाम हुने भन्दै निर्णय सच्याउन गृहमन्त्री बस्नेतलाई निर्देशन दिएका छन् । “तत्काल यो विषयमा सत्यतथ्य सार्वजनिक गर्नुस्, निर्णय सच्याउनुस्।” प्रचण्डले गृहमन्त्रीलाई भनेको सचविालयले जनायो ।
भूकम्पपीडित जिल्लाका १५ देखि ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष दाहालकी छोरी–नातिनी स्मिता प्रधान, दृष्टि केसी, सन्ध्या केसी र प्रतिमा पाठक छन्। यस्तै, पार्टी केन्द्रीय सदस्य अञ्जना विसंखेकी छोरी स्वस्तिका र स्वकीय सचिव एवं जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी पनि छन्।
मन्त्री बस्नेतका गाडी चालक किरण बोगटी र मन्त्री पत्नी सत्या पहाडीकी फुपूका छोरा सूर्य गुरुङकी पत्नी पनि सूचिमा छन।  १४ जिल्लाबाट ४ जनाका दरले छनोट गरिए पनि बाँकी कोटामा पार्टी नेता तथा गृहका कर्मचारीका आफन्त छानिएको छ कान्तिपुर दैनिकले उल्लेख गरेको थियो। टोली शुक्रबार चीन जाने र पुस २ मा स्वदेश फर्किने कार्यक्रम छ।
धनगढीकी जयन्ती जोशी अखिल क्रान्तिकारीका सीटीईभीटी एकाइ कमिटी अध्यक्ष सुरजसिंह ठकुरी, गृहमन्त्रीको सचिवालयका शाखा अधिकृतद्वय धर्मराज न्यौपानेकी छोरी सवनम र चित्रजंग शाहीका छोरा अनमोल पनि सूचिमा छन् ।
भूकम्प अति प्रभावित जिल्लाहरू मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काठमाडांै, ललितपुर र गोरखाबाट पनि एमाओवादी कार्यकर्ता र आफन्त नै छानिएको कान्तिपुर दैनिकले उल्लेख गरेको थियो ।

Post a Comment

 
Top