यतिखेर मुलुकको राजनीतिको चक्र दिशाहीन र अन्योलग्रस्त बनेको छ । राजनीतिक दलहरु निर्णयविहीन र जनतालाई सामान्यरुपमा पनि आश्वास्त पार्न दलहरु असफल भएका छन् । पटक पटकका वार्ताहरु असफल हुन पुग्दा समस्या थप जटिल बन्दै गएको छ । आखिर निकासको अवरोध के हो त ? प्रश्न सामान्य तर गम्भीर बनेर उभिएको छ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भारत भ्रमणवाट फर्किए लगत्तै निर्णायक वार्ता भई राजनीतिक निकास आउनेमा धेरैले अपेक्षा गरेका थिए । त्यसमाथि नेपाल सरकारसंग पनि अनौपचारिकरुपमा दिल्लीले सल्लाह गरेर मोर्चालाई आफ्नो प्रस्तावमा सहमत गरेको कुरा वाहिर नआएको पनि होईन । तर अवस्था त्यस्तो रहेन ।

Post a Comment

 
Top