स्थायी कमिटी बैठकमा अर्का नेता जनार्दन शर्माले पनि मन्त्री बस्नेतको कडा आलोचना गरे । मन्त्री बस्नेतले आफूसँग सरसल्लाह नै लिने नगरेको र सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा आउन नचाहेको भन्दै बैठकमा प्रश्न गरे- उहाँले के गर्न खोजेको ? यस्तो पाराले कसरी काम हुन्छ ?’
नारायणकाजीले भने- म छाड्छु
स्रोतका अनुसार बैठकमा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन गर्ने समितिको संयोजकबाट आफूलाई मुक्ति दिलाउन प्रचण्डसँग माग गरे ।
एमाओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आचार संहिताको पालना नगरेको, आफूखुशी काम गरेको र पार्टीलाई नै बदनाम गराइरहेको भन्दै यस्तो अवस्थामा आफूले यस्तो जिम्मेवारी सम्हालेर नबस्ने बताए । तर, प्रचण्डले अहिले नै जिम्मेवारीबाट नहट्न उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरेका छन् ।
स्थायी कमिटी बैठकमा कृषि मन्त्री हरिबोल गजुरेल उपस्थित थिएनन् । त्यसैगरी महासचिव कृष्णबहादुर महरा पनि काठमाडौं बाहिर भएकाले अनुपस्थित थिए । प्रवक्तसमेत रहेका दीनानाथ शर्माले घाँटी दुखेका कारण आफू बैठकमा नगएको बताए ।
बैठकमा सहभागी स्थायी कमिटी सदस्य प्रायःले गृहमन्त्रीले चीन प्रकरणमा गरेको गल्तीबारे प्रश्न उठाएका थिए । केही नेताले हालै गृहमन्त्रालयले गरेको सिडियोहरुको सरुवा समेत विवादास्पद भएको भन्दै गृहमन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए ।  

Post a Comment

 
Top