वीरगन्ज–मधेस आन्दोलनकै क्रममा सीमामा सुरु भएको धर्ना र नाकाबन्दीको बिरोधमा काठमाडौंमा स्कुले बालबालिकालाई सडकमा उतारिएको एक हप्ता नबित्दै वीरगन्जमा पनि करिब २५ हजार बालबालिकालाई आन्दोलनकोसमर्थनमा सडकमा उतारिएको छ।

राजनीतिक उद्देश्यले बालबालिकाको प्रयोगको श्रृंलखा सुरु भएपछि अधिकारकर्मी र युवा अभियानकर्ता ले चिन्ता जनाएका छन्। 'धेरै गलत हो यो काठमाडौंबाट सुरु भयो बालबालिकाको दुरुपयोग, अहिले तराईमा दोह्रियो, देखासिकी भोली अरु यस्तै कार्यक्रम हुने सम्भावना देखिन्छ,' युवा अभियानकर्ता आसु सर्राफले भने, 'दुखद पक्ष के पनि छ भने सचेत र बौद्धिक बर्ग पनि करिब मुकदर्शक जस्तै बनेको छ । बालबालिकाहरुको यस्तो प्रयोग रोकिनु पर्छ।'

वीरगन्जको सडकमा लामबद्ध बालबालिकाबिच 'स्टप स्टेट किलिगं' प्लेकार्ड बोकेर भेंटिएका कक्षा १० पढ्ने सत्यम कुमार कर्ण आन्दोलनको क्रममा मान्छे मार्ने काम धेरै भएको र आफूहरु पढ्न नपाएको बिरोधमा सडकमा आएको बताए। उनलाई कक्षा शिक्षकले आउनका लागि अभिप्रेरित गरेका थिए। त्यस्तै बालबालिकाको हत्या बन्द गर भन्ने प्लेकार्ड बोकेकी कक्षा ८ कि छात्रा प्रियंका यादवले आन्दोलनको क्रममा बालबालिका मारिएको कुरा थाहा पाएको बताइन्। बिद्यालय निर्वाध संचालन हुन पाउनुपर्ने उनले बताइन्। विद्यार्थीहरुले बनाएको मानव संगलो हेर्न आएका नेताहरुसँग बालबालिकाले प्रश्न गरे– कहिले बन्द हट्छ ?

अधिकारकर्मी सुनिल कुशवाहाले राजनीतिक उद्देश्यले बालबालिकाको प्रयोग हुन नहुने बताए। सोमबार सडकमा आएका बालबालिकाले पढ्न पाउने अधिकार र बालअधिकारका कुरा पनि नाराको रुपमा बोकेको देखिएकोले त्यतिसम्म मान्य हुने तर रानीतिक कुटनीतिक नारा बोकाइनु नहुने उनको तर्क छ। शिक्षक र अभिभावकको निगरानीमा बालबालिका आएकोले त्यसलाई गम्भीर रुपमा बालबालिकाको दुरुपयोग भन्ने नमिले पनि यो प्रवुत्ति रोकिनु पर्ने उनको भनाइ थियो।


30 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top