मोरङ, १४ मङ्सिर-
संयुक्त मधेसी मोर्चाका शीर्ष नेताको बैठक भर्खरै विराटनगरमा सुरु भएको छ ।

मोर्चाको वर्तमान आन्दोलन, आन्दोलनका विकल्प र सरकारसँगको वार्ताको समीक्षा र वार्ता गर्ने सम्बन्धमा सो बैठकमा छलफल तथा निणर्य हुने बताइएको छ ।

बैठकमा मोर्चा सम्बद्ध सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेनाथ शुक्लालगायतको सहभागिता छ ।

सद्भावना पार्टीका अध्यक्ष महतोले सरकारसँगको वार्ता र आन्दोलनका विषयमा आजको बैठक केन्द्रित हुने बताउनुभयो ।



29 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top