सास गन्हाउने समस्या विश्वका हरेक क्षेत्रका मानिसको एक

ठूलो समस्या हो । जो गिजाको रोग, खाना वा प्लाक (दाँतमा जमेको फोहोर)

का कारणले मुखमा ब्याक्टेरिया सङ्क्रमण भएर हुन्छ ।

चिकित्साशास्त्रले यस समस्यालाई हेलिटोसिस, फिटोर ओरिस

वा आजोस्टोमिआ भनी व्याख्या गरेको छ । प्रायः सास

गन्हाउने व्यक्तिले अरुको अगाडि सास गन्हाएको थाहा पाउँदैन ।

अर्को तर्फ नजिक रहेका व्यक्ति गन्हाउँदैछ भन्न अप्ठेरो मान्ने

गर्छन् । विशेषज्ञहरुका अनुसार हामीमध्ये

कम्तीमा पनि आधा जनसङ्ख्याको सास

जीवनको एक कालखण्डमा गन्हाउने गर्छ । कडा स्वाद

भएका खाना, जस्तो कि प्याज र लसुनबाट कसै कसैको सास गन्हाउन

सक्छ । जीवनशैलीका कारण सास गन्हाउन

सक्छ । धूमपान गर्ने व्यक्तिको सास धूमपान नगर्ने व्यक्तिलाई

गन्हाउँछ । धूमपानले मुख सुख्खा हुने भएकाले गिजा र दाँतको रोग

लागेर सास गन्हाउने हुन्छ । सास गन्हाउने समस्याबाट

छुट्कारा पाउन सजिलो छैन । स्वच्छ सास पार्न कयौँ प्रकारका मिन्ट,

गम, माउथवास, स्प्रे र अन्य उत्पादन

बजारमा छ्यापछ्याप्ती पाइन्छन् । धेरैजसो मामिलामा सास

गन्हाउने समस्याबाट छोटो समयका लागि मात्र मुक्ति मिल्छ ।

तापनि दाँतको राम्रो सरसफाइबाट सास स्वच्छ राख्न मद्दत पुग्छ र

यसैलाई नै बचाउको राम्रो उपाय मानिन्छ ।

सास गन्हाउने कारणहरु:-

दाँतको सरसफाइमा कमी - विशेषज्ञहरुका अनुसार सास

गन्हाउने ९० प्रतिशत मामिला सरसफाइको कमीले हुने

गर्छ । हामीले खाना खाएपछि मुखमा प्राकृतिक रुपमै हुने

ब्याक्टेरियाले खाना विघटित गर्न थाल्छन् । खाना र प्रोटिन विघटित भएर

ग्यास निस्कन्छ । हाइड्रोजन सल्फाइडलगायतका ग्यास गन्हाउँछन् ।

खाना निले पनि केही खाना हाम्रो दाँतमा फस्छ र

ब्याक्टेरियाले त्यसलार्य विघटित गर्न सुरु गर्छन् । सडेको अण्डाबाट

निस्कने हाइड्रोजन सल्फाइड ग्यास हाम्रो मुखमा रहने

ब्याक्टेरियाको कारणले पनि निस्कन्छ । यो ग्यास सामान्य

तापमा पपनि वाष्पिकृत हुन्छ । त्यसैले खाना खाएपछि दाँत माझ्नु पर्छ

 ब्याक्टेरियाले खाना र र्यालसँग पनि टाँसिएर रंगहिन र लेसिलो पत्र

दाँतको सतहमा तयार पार्दछ । यदि तपाईंले नियमित वा राम्रोसँग दाँत

माझ्नु भएन भने प्लाक बन्न थाल्छ । प्लाक बन्दै गयो भने

गिजा चिलाउने र दुख्ने भई गिजा र दाँत खिइने गर्छ । यसले पनि सास

गन्हाउँछ ।

नक्कली दाँतको सफाइमा कमी –

नक्कली दाँतको सफाइ नियमित रुपमा गरिएन भने पनि सास

गन्हाउँछ ।

सुख्खा मुख - हाम्रो मुख रसिलो भइरहनर्ुपर्छ । र्यालले मुख

सफा राख्छ । यदि मुख सुख्खा भयो भने मरेका कोष ज्रि्रो, गिजा र

गालाको भित्री भागमा जम्मा हुन थाल्छन् ।

ती कोष सड्न थाल्छन् र सास गन्हाउन सुरु हुन्छ ।

र्याल ग्रन्थीको समस्या छ भने तपाईंको मुख

बढी सुख्खा रहन्छ ।

बिहान सास गन्हाउनु - धेरैजसो मान्छेको सास बिहान उठ्दा गन्हाउँछ

 सुतेको बेला हाम्रो मुख सुख्खा रहन्छ । विशेष

गरी मुख खोलेर सुत्ने मान्छेको मुख

बढी सुख्खा हुन्छ । उठेपछि र्याल निस्कन थाल्छ र मुख

रसिलो भएर सास गन्हाउन छाड्छ ।

खाना र पेयपदार्थ- प्याज, लसुन र केही अन्य

मसालायुक्त खाना खाएपछि सास गन्हाउन थाल्छ । अल्कोहल र

कफीले पनि सास गन्हाउँछ । लसुन खाएपछि आउने गन्ध

ब्याक्टेरियाको कारणले नभई लसुनकै कारणले हुन्छ ।

खासगरी मासु वा माछा खाएपछि ब्याक्टेरियाले प्रोटिनहरु

विघटित गर्न सुरु गर्छ । दाँतमा फसेको मासु निकालिएन भने सास झन्

बढी गन्हाउँछ । औषधि- कयौ औषधिले मुख वा नाक

सुख्खा पार्ने कार्य गर्छन् । जसले सास गन्हाउँछ ।

रोग – रोग वा अन्य चिकित्सा अवस्थाले पनि सास गन्हाउने गर्छ ।

केही अवस्था निम्न अनुसार छन्:

टन्सिलाइटिस ।

 घाँटीका अन्य सङ्क्रमण ।

मधुमेह- अनियन्त्रित मधुमेहले फलफूलको जस्तो सास गन्हाउँछ



 ब्रोन्काइटिस र फोक्सोको सङ्क्रमण ।

 साइनसाइटिस ।

 ग्यास्टि्रक ।

 एसिड रिफ्लक्स- ग्यास्ट्रोइसोफागेल रिफ्लक्स डिजिज् ।

 कार्बोहाइड्रेट धेरै कम भएको खाना ।

 कलेजोको समस्या- कलेजोमा विकार भएमा माछाको जस्तो गन्ध आउँछ

 मिर्गौलाको समस्या- मिर्गौलामा विकार भएमा पिसाबको जस्तो गन्ध

आउँछ ।

 केही क्यान्सर ।

Post a Comment

 
Top