काठमाडौं—भगौडा प्रहरी छोटेलाल ठाकुरबाट बरामद भएको पेस्तोल प्रहरीकै भएको खुलेको छ। खिचापोखरी स्थित लुम्बिनी पाहुना घरमा रहेका ठाकुरलाई महानगरीय अपराध महशाखाको टोलीले गोली हानेर आज पक्राउ गरेको थियो।

उनी बसेको सो गेस्ट हाउसको कोठा नम्बर दुई सय दुईमा प्रहरीले कटुवा र ७ राउन्ड गोली लोड भएको चिनियाँ पेस्तोल फोला पारेको थियो। अनुसन्धानका क्रममा सिरियल नम्बर २९०२०८२७ को चिनियाँ पेस्तोल प्रहरीकै हुनसक्ने शंकामा खोजवीन गर्दा २०४५ सालमा तत्कालीन जिल्ला प्रहरी कार्यालय भक्तपुरले जारी गरेको भेटिएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सहकुल थापाले भगौडा प्रहरी जवान ठाकुरबाट फेला परेको सो पेस्तोल प्रहरीकै भएको बताए। 'उक्त पेस्तोल उनीसम्म कसरी पुग्यो भन्ने पाटोको अनुसन्धान गरिरहेका छौं', उनले भने।

२०६७ सालमा प्रहरीको एसएलआर हतियार सहित ठाकुर भागेका थिए। त्यसयता उनी तराइका विभिन्न भूमिगत समूहमा संलग्न भएर अपराधिक गतिविधि गर्दै आएका थिए। यो बीचमा केही समय उनी भारतमा समेत बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो पनि

सुन्धाराको लुम्बिनी पाहुना घरमा गोली चल्यो
छोटेलालले सिरानीमुनिबाट पोस्तोल निकालेपछि...
प्रहरीको एसएलआर चोर हुन् छोटेलाल ठाकुर


Post a Comment

 
Top