फाइल तस्बिर रौतहट, १२ मंसिर । आन्दोलनबाट आजित रौतहटका स्थानीयवासी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई लखेटेका छन् ।

रौतहटस्थित नेपाल–भारत सीमाक्षेत्रको दशगजा क्षेत्रमा शनिबार मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा आगजनी गरेपछि आक्रोशित स्थानीयले उनीहरुलाई लेखेटेका हुन् ।
शनिबार बिहान १० बजेको समयमा भारतीय बजारबाट समान किनेर फर्किने क्रममा धर्ना बसेका मोर्चाका कार्यकर्ताले रौतहट बिश्रामपुर गाविस–६ का श्यामबाबु प्रसाद शाहको ना२५प ५७३८ नम्बरको मोटरसाइकलमा आगजनी गरेका थिए ।
बहिनीको बिवाहका लागि भारतीय बजार बैरगनियाबाट सामान किनेर फर्किएका श्यामबाबुलाई कुटपिट गरी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजेन्द्र पोखरेलले मोटरसाइकलमा आगजनी भएको पुष्टि गरे । आगजनीपछि आक्रोशित स्थानीयले आन्दोलरत मधेसी मोर्चाका कार्यकर्ताले बनाएको टेन्ट भत्काएका छन् । धर्ना बस्न बनाएको टेन्ट, बिच्छ्याउने र सुत्ने सिरक, डसना, दरी लगायतका वन्दोवस्तीका सामान आक्रोशित स्थानीयले नजिकै रहेको बरहवा तालको पानीमा फालिदिएका छन् ।
आक्रोशित स्थानीय प्रतिकारमा उत्रिएपछि मधेसी मोर्चाका कार्यकर्ता भागेका थिए । उनीहरुलाई पाँच सयको संख्यामा सडकमा उत्रिएका स्थानीयले लखेटेका हुन् ।

Post a Comment

 
Top