Via:Annapurna Post

काठमाडौं : युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले बर्दीबिनाका भारतीय सेनाहरु नेपालमा छ्याप्प छ्याप्ती पसेको बताएका छन् ।


नेपाललाई अस्थिरतातर्फ धकेल्नका लागि भारतले बर्दीबिनाका सेनालार्इ पठाएको उनको दाबी छ ।

युवा संघ नेपालले बुझाएको ज्ञापनपत्र सरकारी निवास पुलचोकमा बुझ्दै मन्त्री मण्डलले बर्दीबिनाका भारतीय सेना नेपालमा छ्याप्प छ्याप्ती आएकाले त्यसतर्फ सचेत हुन युवाहरुलार्इ आग्रह गरेका हुन् ।

‘बिनाबर्दीका भारतीय सेना नेपालमा छ्याप्प छ्याप्ती आएका छन‌्', उनले भने, यसबारे सबैजना सचेत हुनुपर्छ ।'

मन्त्री मण्डलले नेपालका बौद्धिक व्याक्तिहरुले नै भारतीय स्वार्थ पूरा गर्ने गरी काम गरिरहेको आरोप लगाए । 'बौद्धिक भनिएकाहरुले नै मधेसका सोझा जनतालाई भड्काइरहेका छन्', उनले भने, 'बौद्धिक भनिएका सिके राउतलाई रेबिज लागेको छ । रेबिज लागेका सिके राउतहरु तराईमा धेरै रहेका छन् ।'

सिके राउतको स्वतन्त्र मधेस अभियानले भारतको पक्षमा र नेपालविरुद्ध रहेको उनको भनाइ थियो ।

यो संविधान मधेसी जनताको पक्ष र भारतीयहरुको विपक्षमा रहेको उनले बताए । 'आफ्नो बिपक्षमा रहेकै कारण भारतले नाकाबन्दी गरेको हो', उनले भने, 'मधेस आन्दोलनमा २० वर्ष मुनिका बालबालिकाहरुलार्इ प्रयोग गरिएको छ।'


मन्त्री मण्डललार्इ ज्ञापनपत्र बुझाउन युवा संघका अध्यक्ष राजिव पहारीसहित संघ उपाध्यक्षहरु दिलकुमारी पन्त, रमेश पौडेल, वचनबहादुर सिंह, पशुराम बस्नेत, राजेश शाह र प्रवक्ता प्रभात विक्रम कटवाल लगायन पुल्चोक पुगेका थिए ।



Post a Comment

 
Top