गायिका ज्योति मगरलाई कहिलेकाहीँ रोल्पामा बिताएका बाल्यकालको सम्झना आउँछ। स्कुलमा पढ्दादेखि नै उनी नाच्न गाउन माहिर। 'ज्योतिले भाग लियो भने हामी जित्छौं' गुरुहरूले यसै भन्थे। नभन्दै विभिन्न प्रतियोगितामा उनले नाचेर गाएर आफ्नोमात्रै होइन विद्यालयको नाम पनि राखिन्। 
'स्कुलमा हुँदा सबैले चिन्थे। आफूलाई लोकल ब्युटी ठान्थें', ज्योति स्मरण गर्छिन्, 'सानोमा पनि म अरूभन्दा पृथक् थिएँ। गाउँमा हुँदा प्रायः गुन्यु, चोलो लगाउनुपर्ने तर म त्यसलाई मोडिफाई गरेर छोटो बनाएर लगाउँथेँ।'
रोल्पा हुँदा कि ज्योति र संगीत क्षेत्रमा लागेपछिको ज्योतिबीच धेरै फरक देखिए पनि मेरो मनभित्र रोल्पाकै ज्योति छ। रोल्पामा रहेका समकालीन केटीहरूमा मेरो जस्तो सोच नहोला तर मभित्र उनीहरूको जस्तै सोच छ।
चञ्चले तर हक्की स्वभाव अनि अरूभन्दा पृथक् सोचका कारण रोल्पाकी ज्योति अहिले देशविदेशमा जगमगाएकी छन्। रोल्पामा जन्मेकी उनले कक्षा ८ सम्म रोल्पामै पढिन्। २०६३ सालमा दाङबाट एसएलसी पासगरी राजधानी आएर गाउन क्षेत्रमा प्रवेश गरेकी ज्योतिले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन।
उनको स्वरमा 'उही मूलाको चाना', 'जिम्बाल बाउकी छोरी', 'मलाई उत्ताउली नभन', 'पिरतीमा दम छ' लगायतका दुई दर्जन गीत रेकर्ड भएका छन् । थोरै गीत गाएर पनि चर्चा र सफलता पाएकी गायिका ज्योतिका फ्यानहरू देशविदेशमा उत्तिकै छन्। 
रोल्पालीहरू सम्भवतः नेपालका सबैभन्दा सोझा मान्छे हुन्। त्यही भएकाले माओवादी जनयुद्ध रोल्पाबाट सुरु गरिएको हुनुपर्छ। त्यस्तो समाजमा अलि पढेलेखेका मान्छेले गरेका कामलाई छिटै विश्वास गरिन्छ।
'फ्यानको कुरा गर्दा म आफूलाई भाग्यमानी ठान्छु । प्रेमसम्बन्ध एवं विवाहको अपेक्षा नराखी मनदेखि प्रशंसा गर्ने, कुराकानी गर्न चाहने शुभचिन्तकहरूकै कारण म अहिलेकी ज्योति बनेकी हुँ', उनको भनाइ छ।नेपाली सांगीतिक क्षेत्रमा जस्तो छवि स्थापित गरेकी छन् त्यसले उनलाई अवसर र चुनौतीको मझधारमा उभ्याइदिएको छ। 'मेरो जस्तो छवि छ त्यसमा खुसी छु। 
कुनै पनि कुरालाई जति सहज रूपमा लियो त्यति नै हल्का हुन्छ', ज्योति भन्छिन्, 'चञ्चले र विन्दास स्वभाव मनपर्ने भएकाले यो छविप्रति म लोभिएकी हुँ। मैले आफ्नो स्थान बनाइसकेकाले यसमा परिवारको पनि साथ छ। घरमा म स्कट लगाएरै बस्छु। यस्तो कुरामा परिवार र करियरलाई ब्यालेन्स गर्न सक्नुपर्छ।'
म घरकी कान्छी छोरी । मेरो विवाहका बारेमा परिवारमा कुरा चलेको छैन। तापनि दुई तीन वर्षभित्र विवाह गरेर सेटल हुने हो कि भन्ने सोच आउन थालेको छ।
हुन त ज्योतिको नाच्ने गाउने क्रम घर परिवारबाटै सुरु भएको हो। काका वीरेन्द्र बाठामगर र ठूलो बाबा हीरामणि बाठामगर संगीतका सोखिन। 'स्कुलमा हुने कतिपय कार्यक्रम उहाँहरूले नै संयोजन गर्नुहुन्थ्यो। त्यसबाट प्रभावित भएर म कला क्षेत्रमा लागेँ। सानोमा नाच्दा रमाइलो लाग्थ्यो अहिले गाउँदा रमाइलो लाग्छ', ज्योति भन्छिन्, ‘सानैदेखिको अभ्यासले होला दर्शकलाई मनोरञ्जन दिन सक्ने मेरो स्टेज प्रस्तुतिको सबैबाट प्रशंसा सुनेकी छु। 
दर्शकलाई मनोरञ्जन दिन सक्नु कलाकारको धर्म र दक्षता पनि हो।' घरकी कान्छी छोरी ज्योतिको विवाहका बारेमा परिवारमा कुरा चलेको छैन । तापनि दुई तीन वर्षभित्र विवाह गरी सेटल हुने हो कि भन्ने सोच आउन थालेको उनको भनाइ छ। 

Post a Comment

 
Top