११ मंसिर, काठमाडौं । बढी मूल्यमा पेट्रोल र मट्टतिेल बिक्री गर्ने नागार्जुन नगरपालिका-५ बस्याल टोल डेरा गरी बस्ने दुईजनालाई स्वयम्भू प्रहरीले पक्राउ गरेको छ । पर्सा घर भएका ५० वर्षीय पल्टा चौधरी र १७ वर्षीया रेखा लोप्चनलाई प्रहरीले पक्राउ गरेको हो ।
Nepal Policeउनीहरुले पेट्रोल र मट्टतिेल ल्याई बढी मूल्यमा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले बिहीबार २५० लिटर पेट्रोल र ९० लिटर मट्टतिेल सहित पक्राउ गरेको हो ।
यसैगरी अनुमती बिना इन्धन ल्याउने ग १ ख ३००८ नम्बरको मिनी टाटाका चालक दोलखा दुधपोखरी घर भएका २९ वर्षीय नबराज घलानलाई पनि प्रहरीले पक्राउ गरेकेा छ ।
दक्षिणकाली नगरपालिका स्थित प्रहरी चौकी चाल्नाखेल अगाडि प्रहरीले जाँच गर्दा २ हजार २ सय लिटर डिजेल ल्याएको अवस्थामा फेला परेको थियो । निजले उक्त डिजेल भक्तपुर बागमती माता एण्ड फिक्स ईट्टा उद्योगलाई ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।
जिवित हुचिल चरासहित पक्राउ
यसैबीच संरक्षित बन्यपंक्षी अवैध विक्री बितरण तथा ओसार पसार गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले जिवित हुचिल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट समुन्द्रादेवी-६ घर भएका २१ वर्षीय रामकुमार तामाङ, काठमाडौं काभ्रेस्थली-५ घर भएका २० वर्षीय अजय तामाङ र नुवाकोट सिक्रे-२ घर भएका १९ वर्षीय आइते तामाङ रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार टोखा नगरपालिका-१४ सामाखुसी चोकबाट गैरकानूनी रुपमा विक्री बितरणका लागि बोकी हिँडेको अवस्थामा एउटा जिवित हुचिल सहित पक्राउ गरेको हो ।
जिवित हुचिललाई संरक्षणका लागि सदर चिडियाखाना जावलाखेल पठाउनुका साथै उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि बिहीबार जिल्ला बन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

Post a Comment

 
Top