चरीकोट : घरमा रहेको पेस्तोल खेलाउँदा बालिकाको ज्यान गएको छ।

भीमेश्वर ७ स्थित सार्कीस्वारा टोलका १० महिने बालिका रेष्मा चौलागाईको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।


शुक्रबार बेलुका भएको घटनामा रेष्माका बाबु रामकृष्ण चौलागाई घाइते भएका छन् ।  मृतकका काका राजकुमार चौलागाईले दाईले पेस्तोल देखाएर खेलाउने क्रममा पड्किएको र काखमा रहेकी छोरीको निधारमा लागेको बयान प्रहरीसमक्ष दिएका छन् ।

प्रहरी नायव उपरीक्षक पाण्डेले स्थलगत अनुसन्धानको क्रममा घटनास्थलमा कटुवा पेस्तोल भेटिएको र पेस्तोल पड्दिा बालिकाको ज्यान गएको मृतकका आफ्न्तले समेत स्वीकार गरेको बताए ।

घटना हुँदा मृतकका काका राजकुमार चौलगाई समेत सँगै रहेको र सो पेस्तोल पनि सिंगटीमा भेटेर उनैले ल्याएको स्वीकार गरेका छन् । प्रहरीले भने घटना स्थलमा गोलिको खोका नभेटिएको र हतियार अरु पनि प्रयोग हुन सक्ने भन्दै थप अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानको लागि भन्दै मृतकका बु्बा र काकालाई प्रहरीले नियन्त्रणमा राखेको छ । मृतकका आफ्न्तले भने टिभि पड्कीएर  बालिकाको ज्यान गएको भन्दै घटनाको ढाकछोप गर्ने प्रयास समेत गरेका थिए ।


Post a Comment

 
Top