मलेसिया (अन्नपूर्ण): मलेसियामा एक नेपाली कामदार युवा मृत अवस्थमा शव भेटिएको छ।

मलेसियाको सेलेङरस्थित बुकित टिङिमा रहेको ए-वान सुपर मार्केटमा क्लिनरको रुपमा काम गर्दै आएका नवलपरासीका ज्ञानबहादुर खवासको शव फेला परेको हो।


खवास २ बर्षदेखि मलेसिया हरबेष्ट कम्पनी अन्तर्गत रहेर सो सुपरमार्केटमा क्लिनरको रुपमा कार्यरत रहेका थिए।

उनी ओछ्यानमा मृत अवस्थामा फेला परेको उनकै साथी अमिर लोप्चानले जानकारी दिए। खवासको शव केलाङ अस्पतालमा राखिएको छ।
अन्नपूर्ण पोस्ट्को


Post a Comment

 
Top