काठमाडौं मंसिर १२ – सरकारले ६० वर्ष पूरा गरेका किसानलाई पेन्सन दिने भएको छ । व्यवसायिक कृषिका माध्यमबाट मुलुकलाई आत्मनिर्भरको बाटोमा डोहोर्याई उत्पदान वृद्धि गर्न कृषि विकास मन्त्रालयले पेसन दिने व्यवस्था गर्ने भएको हो ।

यसअघि सरकारले सुविधा उपलब्ध गराउन किसानलाई चार भागमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण थालिसकेको छ । यही परिचयपत्रमार्फत किसानलाई पेन्सन दिने मन्त्रालयको योजना छ ।

अहिलेको कृषि क्षेत्रले खेती गर्ने दक्ष जनशक्तिको अभाव खेपिरहेको छ । पेन्सन व्यवस्था गरी नागरिकलाई खेतीमा लगाउन सके उत्पादन वृद्धि गरी कृषि उब्जनीमा आत्मनिर्भरता दिलाउन सकिने मन्त्रालयको अपेक्षा छ । यसका लागि ६० वर्ष उमेर पुगेका किसानलाई पेन्सन वा जीवन बिमा उपलब्ध गराउन मन्त्रालयले योजना अघि सारेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



Post a Comment

 
Top