Via:ekantipur

मंसिर १२, २०७२- भारतको नाकाबन्दीविरुद्ध शनिबार न्युजिल्यान्डका नेपालीले प्रदर्शन गरेका छन् । गैरआवासीय संगठन न्युजिल्यान्डले वेलिङ्टन र अकल्याण्डमा एकसाथ सांकेतिक विरोध प्रदर्शन गरेको हो ।

भारत सरकारले लगाइरहेको नाकावन्दी तत्काल अन्त्यका लागि नेपाल र नेपालीसँग ऐक्यबद्धता जनाउन प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।
‘नेपालको संविधानसभाका ८५ प्रतिशतले संविधान पारित गरेको लगतै शुरु भएको आर्थिक नाकाबन्दीका कारण देश र जनताले भोग्नु परेको कष्टप्रद जीवनले देश आक्रान्त छ । अन्तर्राष्ट्रिय मान्यता र कानून समेतलाई कुल्चेर विश्वको ठूलो प्रजातान्त्रिक मुलुक भारतले भूपरिवेष्ठित मुलूकहरुले समुद्र तटसम्म निर्वाध रूपले पाउनु पर्ने आवागमनको सुविधालाई वलपूर्वक मिच्दै नेपालमा मानवीय संकट निम्त्याउनु निश्चित रूपमा दु:खदायी र कष्टप्रद छ’, यस सन्दर्भमा एनआरएन न्युजिल्यान्डका अध्यक्ष बाबुराजा महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महाभूकम्पले तहसनहस पारेको नेपाललाई असल मित्र भन्न रुचाउने भारतले गरेको अघोषित नाकावन्दी कुनै पनि हिसावले क्षम्य र सभ्य छैन ।’

शान्तिपूर्ण र्‍यालीमा ठूलो संख्यामा नेपाली सहभागी भएको त्यहाँबाट निरोज कार्कीले जानकारी दिए ।








Post a Comment

 
Top