चितवनमा विप्लव माओवादीको  अर्धनग्न जुलुस 
अनिल ढकाल 
चितवन मंसिर १२

भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीका कारण नेपाली जनता निकै कष्टकर दैनिकि गुजारा गर्नुपरेको छ ।

जसका कारण अहिले विभिन्न संघसंस्था, राजनीतिक दलहरु भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरिरहेका छन् । यसैक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपा–माओवादी चितवनले पनि भारतीय हस्तक्षेपको विरोध गरेको छ । उसले आज दिउँसो नारायणगढमा अर्धनग्न जुलुस प्रदर्शन गरेको छ । युवाहरुले आफ्नो शरीर भारतीय हस्तक्षेप बन्द गर भनेर लेखेका थिए ।

भरतपुरको चौविसकोठी चोकबाट सुरु भएको प्रदर्शन नारायणगढको पुल्चोक सम्म पुगेको थियो । प्रदर्शनका क्रममा उनीहरुले जनयुद्ध जारी छ, भारतीय विस्तारवाद मुर्दाबाद, भारतीय हस्तक्षेप बन्द गर जस्ता नारा लगाएका थिए ।


 - See more at: http://www.dcnepal.com/news/news.php?nid=178368#sthash.XRWXaAc8.dpuf

Post a Comment

 
Top