काठमाडौं, १५ मंसिर - कांग्रेसको होहल्ला र अवरोधका कारण करीव एक सातादेखि स्थगित भएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ।

आज पनि कांग्रेस र माधेसी मोर्चाले आ आफ्ना कुरा राखेर बैठक अवरोध गर्ने तयारी भइरहेको छ। बैठक सन्चालनको प्रक्रिया र कसलाई पहिला बोल्न दिने भन्ने बारेमा सभामुख ओनसरी घर्ती मगरले सबै प्रमुख दलका प्रमुख सचेतकहरुसँग परामर्श गर्न लागेको एमालेका प्रमुख सचेतक गोकुल घर्ती मगरले बताए।

अघिल्लो बैठकमा सभामुखले उपेन्द्र यादवलाई बोल्न समय दिएपछि कांग्रेसले प्रमुख विपक्षीलाई पहिले बोल्न दिनुपर्ने भन्दै बैठकमा होहल्ला गरेको थियो। तर कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सभामुखसँगको बैठकमा उपेन्द्रलाई बोल्न दिन सहमति जनाएका थिए।

संसद बैठक अवरुद्ध गर्ने वा नगर्ने बारे कांग्रेस भने अनिणिर्त छ। बिमलेन्द्र निधी,मिनेन्द्र रिजाल लगायतका नेताहरुले संसद बैठक अवरोध गर्न दबाब दिइरहेका छन्। मधेशी मोर्चाले भने आफ्ना कुरा राखेर बैठक चल्न नदिने तयारी गरेका छन्।

बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

Post a Comment

 
Top