
![]() |
काठमाडौं : काभ्रेपलान्चोकको बनेपा बजारलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो अर्को भूकम्पको धक्का गएको छ ।
शुक्रबार दिउँसो ३ बजेर २३ मिनेटमा बनेपा बजारलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का काभ्रे र काठमाडौं उपत्यकासहित नजिकका जिल्लामा पनि महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक बुधबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडकै भूकम्प गएको थियो ।

![]() |
Post a Comment