काठमाडौं- विद्यार्थीले काठमाडाैंको चक्रपथ घेरेका छन्। भारतीय नाकाबन्दी र तराई–मधेसको आन्दोलनले पढ्न पाउने अधिकार खोसेको भन्दै लाखौं विद्यार्थी सडकमा उत्रेका हुन्। विभिन्न नारा लेखिएका प्लेकार्डसहित चक्रपथमा मानव साङ्लो बनाएर उनीहरूले विरोध प्रदर्शन गरे।

‘बाँच्न र पढ्न पाउने अधिकार निश्चित गर’, ‘भारत तिमीलाइ मानवता भनेको के हो थाह छ?’, 'नाकाबन्दी चाहिदैन, मान्चे मार्न पाइदैन' जस्ता सन्देश लेखिएका ब्यानर र प्लेकार्ड बोकेर शुक्रबार बिहान ११ बजेदेखि कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, बालाजु, स्वयम्भुलगायतका स्थानमा विद्यार्थीहरुको मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन्।


लगातारको आन्दोलन र नाकाबन्दीले बालअधिकार हनन् भएको प्लेकार्डसहित विद्यार्थीहरु सडकमा उत्रिएका हुन्।

निजी तथा आवासीय विद्यालय सङ्गठन(प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सान), उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल(हिसान), संयुक्त विद्यार्थी सङ्गठन, शिक्षक महासङ्घ, अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घलगायतका सङ्घसंस्थाले बिरोधमा यस्तो प्रदर्शन अायोजना गरेका हुन्।

भिडियोः

Post a Comment

 
Top