मंसिर १३, २०७२- भारतीय नाकाबन्दी विरुद्ध मौलिक बन्दको संज्ञा दिँदै आइतबार नेपाल बन्दको आयोजना गरेका नेकपा माओवादी विप्लव पक्षका कार्यकर्ताले मलेखु-धादिङबेंसी कालु पाण्डे सडकखण्डको नलाङमा ट्रकमा आगजनी  छन् ।
आइतबार बिहान ७ बजे चितवनबाट इँटा बोकेर धादिङबेंसी आउँदै गरेको ना ४ ख ७१३० नम्बरको ट्रकलाई नलाङ-६,कालीदहस्थित सिक्रखोलामा आगजनी गरेका हुन् । घटनास्थलदेखि सदरमुकामको ७ किलोमिटर टाढा छ । जंगलबीच रहेको सडक र डम्म हुस्सु लागेको फाइदा उठाउँदै बन्दकर्ताले ट्रकममा आगजनी गरेका हुन् ।
‘गाडी रोकेर म सहित सहचालक भाईलाई ओह्रालेर अन्दाजी ४० वर्ष उमेरका ३ जनाको समूहले आगजनी गरे,' सहचालक भुवन प्रजा सहित प्रहरी सम्पर्कमा आएका चितवन चिप्ले-२ का ट्रक चालक कमलप्रसाद बर्तौलाले भने ।
आगजनी गर्नेहरुको खोजबिन भइरहेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक सविन प्रधानले बताए । घटनाबारे सूचना आउन साथ प्रधान घटनास्थल पुगेका थिए । 
नीलकण्ठ नगरपालिकाको दमकलले आगो निभाएको थियो । दमकल चालक र तालिम प्राप्त दक्ष अग्नीनियन्त्रक नभएकै कारण आगो लागेको ट्रकमा पानीको फोहरा दिन केही समय लागेको थियो ।
बन्दका कारण धादिङखण्डको पृथ्वी राजमार्गमा फाटफुट मात्रै सवारीसाधन चलेका छन् । काठमाडौंबाट चितवन र पोखरा जाँदै गरेका १ दर्जन पर्यटकीय सवारीसाधनहरु स्कर्टिङ गरि गन्तव्यमा पठाइएको खानीखोला स्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज हरिप्रसाद पौडेलले बताए ।
आगजनीको समाचारपछि सदरमुकामदेखि धादिङका ग्रामीण बस्तीहरुमा सञ्चालन हुने जीप तथा सार्वजनिक बस सेवा समेत ठप्प छ । 
यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गराउँदै हिँडेका २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। माओवादका जिल्ला नेता पूर्णजीत पुनसहित चिप्ले ढुंगाबाट ४, पृथ्वीचोबाट १६ र लेखनाथ नगरपालिकास्थित तालकोकबाट ३ जना बन्दकर्ता पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।


http://bit.ly/1NC0g3Y

Post a Comment

 
Top