अमेरिकी डलर मजबुत रहिरहनु र अन्तर्राष्ट्रिय शेयर बजार उकालो लागि रहनुले सुनको मूल्य ६ वर्षयताकै न्यून हुने सम्भावना रहेको नेपाल सुनचाँदी महासंघले अनुमान गरेको छ। अर्कोतिर अमेरिकी संघीय बैंक फेडरल रिर्जभले अबको केही दिनपछि अर्थात डिसेम्बरदेखि ब्याजदर बढाउने बलियो संभावना देखाएकाले पनि सुनचाँदीको भाउमा गिरावट आउन थालेको संघको भनाई छ।

यो साता नेपाली बजारमा सुन प्रतितोला १ सय रुपैयाँले मात्र गिरावट आएको छ। साताभर सुनको भाउमा खासै परिवर्तन आएको छैन। सुन कुनै दिन १ सय रुपैयाँ र कुनै दिन २ सय रुपैयाँले तलमाथि भएको छ। साताको पहिलो दिन प्रतितोला ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो।

यो साता टर्कीले रुसी लडाकु जहाजलाई आफ्नो सिमानमा क्षेप्यास्त्रद्धारा खसाएपछि यसले क्षेत्रीय भूराजनीतिक तनाव शुरु भएको कारणले गर्दा सुरक्षित लगानीका रुपमा ठानिएको सुनको मागमा सामान्य सुधार आएको छ।

नेपाली बजारमा अर्को साता पनि सुनचाँदीको मूल्यमा सामान्य उतारचढाब हुने आँकलन गर्न सकिने संघको ठहर छ।

त्यस्तै यो साता चाँदीको मूल्य भने स्थिर रहेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ६ सय ७५ रुपैयाँम कारोबार भएको चाँदी साताको अन्तिम दिन शुक्रबार पनि ६ सय ७५ रुपैयाँमा नै कारोबार भएको छ।


Post a Comment

 
Top