मंसिर १४, २०७२- राजधानीको वाग्मती यातायात कार्यालयसँगै दशैभरिका १४ वटा यातायात कार्यालयबाट दिदै आइरहेको सेवा सोमबारदेखि एक साता बन्द हुने भएको छ ।

स्मार्टकार्ड लागु गर्न पुरानो सफ्टवेयरबाट नयाँमा डाटा सार्न समय लाग्ने भएकाले केही दिन काम अवरुद्ध हुने यातायात व्यवस्था विभागले बताएको छ ।

विभागका अनुसार लाइसेन्स नवीकरण, नयाँ दरखास्त फारम लिन सेवा पनि बन्द हुनेछ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा विभागले सोमबारदेखि स्मार्टकार्ड लागू गर्दैछ । सर्वसाधारणका लागि भने अर्को आइतबारबाट लागु हुने विभागले बताएको छ ।





29 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top