रौतहट-सीमा पारीबाट तेल बोकेर ल्याउदै गरेको अवस्थामा रौतहटमा आन्दोलनकारीले दशगजामै मोटरसाइकलमा आगजनी गरेका छन्। भारतीय बजारबाट मोटरसाइकलको टयाँकी भरेर पेट्रोल ल्याएको भन्दै रौतट सदरमुकाम गौर स्थित नेपाल-भारत सीमाक्षेत्रको दशगजामै मधेसी मोर्चाका कार्यकर्ताहरुले मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका हुन्।

गरुडा स्थित फरवाड बैँकमा कार्यरत कर्मचारी अमृत चौभरीले को८प ८७२६ नम्बरको मोटरसाइकलमा भारतको बैरगनिया बजारबाट पेट्रोल भरेर फर्किने क्रममा मोर्चाका कार्यकर्ताहरुले 'फुल टंकी तेल किन ल्याएको?' भन्दै आगो लगाएको पीडित चौधरीले बताए। जवाफ दिने माैका पनि नदिएर आन्दोलनकारीले कुटपिट गर्दै मोटरसाइकलमा आगजनी गरेका पीडितले बताए।

आगजनी पछि करिब सय मिटरको दुरीमा रहेको सशस्त्र प्रहरीे गौर भन्सार बेस तथा नेपाल प्रहरीको चौकीको टोली उक्त स्थानमा पुग्ने वितिकै आन्दोलनकारीहरु त्यहाँबाट भागेका प्रत्यक्षदर्शीले बताए। घटनाको विषयमा अनुसनधान भइरहेको र मोटरसाइकलमा आगजनी गरेर फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

यसैबीच मधेसी मोर्चाका कार्यकर्ताले रौतहटको मत्सरी गाविसमा भारतबाट ४० लिटर डिजेल लिएर आउदै गरेको मोटरसाइकल नियन्त्रणमा लिएर डिजेल नष्ट गर्दै मोटरसाइकलमा समेत तोडफोड गरेका छन्।

Post a Comment

 
Top