मंसिर १२, २०७२- आन्दोलनका क्रममा मृत्यु भएका चार जना आन्दोलनकारीको शनिबार शवयात्रा निकालियो । गत साता शनिबार र आइतबार प्रहरीले राजमार्ग खुलाउने क्रममा भएको झडपमा प्रहरीको गोलीले वीरेन्द्र राम, नागेश्वर यादव र दिलीप साहको मृत्यु भएको थियो । जमुनी मधेपुराका शिवशंकर दासको आन्दोलनका बेला भाग्ने क्रममा विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको थियो । उनीहरूलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिका लागि जिल्लाबाट सर्वपक्षीय बैठकको सिफारिस प्रशासनले गृह मन्त्रालयमा पठाएपछि सातौं दिन शुक्रबार उनीहरूको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोस्टमार्टमपछि ल्याइएको हो ।

शव केहीबेर स्थानीय गजेन्द्र चोकमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । श्रद्धाञ्जलि सभा र शवयात्रामा सहभागी हुन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत नेता आएका थिए ।




Post a Comment

 
Top