काठमाडौँ १२ मंसिर– कांंग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेट भएको छ । आज भएको भेटमा प्रचण्ड कोइरालालाई भेट्न महाराजगंजस्थित निवास पुगेका थिए ।

भेटमा प्रचण्डले सीमांकनलगायत सवै बिषयलाई प्याकेजमै समाधान खोज्न कांग्रेस सभापति सुशील कोइरालासमक्ष प्रस्ताव गरेका छन् । संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकले मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै त्यस्तो प्रस्ताव राखेका हुन् ।

कोइरालाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्तअनुसार प्रतिनिधित्व हुने व्यवस्थासम्वन्धी संविधान विधेयकलाई अघि बढाउन प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

’संसदमा दर्ता भएको विधेयकले सहमतिको वातावरण बनाउने काम गर्छ । यसलाई अघि बढाऊँ-’कोइरालाको भनाई थियो,’सीमांकनको बिषयमा छलफल गरी टुग्याउन सकिन्छ । तर, प्रचण्डले संशोधन विधेयक पारित गरेर मात्रै समाधान ननिस्कने बताउदै सीमांकनलाई पनि एकैचोटी टुग्याउने गरी छलफल अघि बढाउनु पर्ने धारणा राखेका थिए ।

प्रचण्डकाम स्वीकय सचिव चुडामणि खडकाका अनुसार सीमांकनसहित सवै बिषयलाई प्याकेजमै समाधान दिनेगरी समाधान खोज्न प्रस्ताव गरेका थिए । जसमा कोइरालाले सहमति जनाएनन । प्रचण्डले कोइरालासंगको भेटमा पूर्वका विवादित तीन जिल्लाका बारेमा भने कुनै धारणा नराखेको खडकाले बताए ।


Post a Comment

 
Top